#CTEVT काे आंगिक शिक्षालय #तुराङ_बहुप्राविधिक_शिक्षालयद्वारा संचालित ६५ दिने नि:शुल्क सिपमुलक बेमौसमी तरकारी उत्पादन तालीम मदाने गाउँपालिकाे समन्वयमा वडा नम्बर-६, नवारा , गुल्मीमा संचालन भएकाे तालीमको औपचारिक रुपमा समापन भएको छ । समापन कार्यक्रम शिक्षालय प्रमुख श्री त्रिभुवन चाैधरी ज्युकाे अध्यक्षता , मदाने गाउँपालिका वडा नं ६ का अध्यक्ष श्री मनिराम थापा ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा वडा सदस्य, तालिम प्रशिक्षक प्रकाश कुवँर , तालीम संयाेजक मेहेफुज आलम तथा तालीम प्रशिक्षार्थीहरुकाे सहभागितामा सम्पन्न भएको छ । छाेटाे अबधिकाे तालीम कार्यक्रममा उपस्थित भै निरन्तर सहभागी भएका २० जना सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।